कतार विश्वकपमा तिन जना पत्रकारको मूत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १७:३८ मा प्रकाशित

एजेन्सी– कतारमा आयोजित विश्व कप २०२२ मा तिन जना पत्रकारको मूत्यु भएको छ । आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भए सँगै कतार विश्वकपमा तिन जना प्रत्रकारको मूत्यु भएको हो ।

यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भएको थियो । रजरको नोभेम्बर २१ मा निधन भएको थियो र वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो ।प्रस्तोता मार्क पोगाचले भने, ‘कतारबाट यहाँहरुका लागि निकै दुःखको कुरा छ, हाम्रा प्राविधिकि निर्देशक रोजर पियर्सको निधन भएको छ ।

उनी आफ्नो आठौँ विश्वकपका लागि यहाँ आएका थिए । रोजर खेलकुद प्रसारण उद्योगमा एक उच्च सम्मानित व्यक्तित्व थिए । उनको मुहारमा सधैँ हाँसो हुने गर्दथ्यो जसले तपाईंको अनुहारमा पनि मुस्कान ल्याइदिन्थ्यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us