रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १५:१७ मा प्रकाशित

रुपन्देही,२८ मंसिर– रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा पैदलयात्री स्थानीय पुजनी थारु रहेकी छिन् ।

शुद्धोदन गाउँपालिका ५ रजाडमा मंगलबार राति भएको दुर्घटनामा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल भैरहवामा राति ११ बजे मृत्य भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय छपियाल बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us