
काठमाण्डु,२८ मंसिर– प्रहरीले मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक उमेश कुमार रहेका छन । उनलाई प्रहरीले धनुषाको विदेह नगरपालिका–९ इटहर्वा स्थित सीमा इलाकाबाट पक्राउ गरेको हो ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ । उनी भारतबाट नेपालतर्फ प्रदेश २–२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा आउँदै थिए ।
उनले मोटरसाइकलमा पैसा लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाइसकेको थियो । उक्त सूचनाको आधारमा खटिएको टोलीले कुमारको मोटरसाइकल चेक गरेको थियो। चेक गर्दा २४ लाख १७ हजार रुपैयाँ बरामद भएको हो ।