लोसपा सरकारमा सहभागी हुने

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते १२:१६ मा प्रकाशित

काठमाण्डु,२७ मंसिर– लोसपा सतागठबन्धन नेतृत्वको सरकारमा पनि सहभागी हुने भएको छ । लोसपा शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताएका छन ।

उनले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने बताएका छन ।

चुनावी समीक्षा पनि भएको छैन, चाँडै नै बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने बताउँदै उनले निर्वाचन आयोगले चुनावको नतिजा सार्वजनिक भएपछि लोसपाको बैठक बस्ने बताएका छन ।

सर्लाही २ बाट चुनावमा परिजाति भएका नेता महतोले मतदातालाई धन्यवाद दिनका आफ्नो क्षेत्र पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us