‘मोदीलाई मार्न तयार हुनुहोस्’ भन्ने कांग्रेसका नेता राजा पटेरिया पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते १०:४० मा प्रकाशित

एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मंगलबार एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया रहेका छन । उनले सोमबार सार्वजनिक एक भिडियोमा संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए ।

एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ ।

संविधान बचाउनु छ मोदीलाई मार्न तयार हुनुहोस् । ’ उनको टिप्पणीपछि, मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो ।

पटेरियाविरुद्ध सोमबार दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको थियो । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले टिप्पणीको निन्दा गरेका छन ।

उनले कांग्रेस नेता राहुल गान्धीको पनि विरोध गरे । उनले भने, ‘भारत जोडो यात्राको नाटक गर्नेहरूको वास्तविक अनुहार बाहिर आउँदैछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us