सरकारले रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याउन खोजोको भन्दै एमाले निकट् विद्यार्थी संगठन अनेरास्ववियुको विरोध प्रदर्शन

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते १०:३० मा प्रकाशित

काठमाण्डु,२७ मंसिर– नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै एमाले निकट् विद्यार्थी संगठन अनेरास्ववियुले काठमाण्डुमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

घण्टाघर अगाडि आयोजित कोणसभामा बोल्नेहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us