काठमाण्डुमा चिसो बढ्यो

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते १५:३८ मा प्रकाशित

काठमाण्डु,२६ मंसिर– काठमाण्डुमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम् तापक्रम ५ ४ डिग्री सेल्सियसमा झरेको छ ।

काठमाण्डुमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छन । उनका अनुसार आइतबार काठमाण्डुको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस थियो ।

न्यूनतम् तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us