
काठमाण्डू, १० जेठ– प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१९ चिसापानी बस्ने ४४ वर्षीय सुदिप अर्याल रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।