सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने रवि लामिछानेको माग

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते ११:१४ मा प्रकाशित

काठमाण्डु,२६ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको विरोध गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

उनले यस अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको बताउँदै यसलाई तत्काल फिर्ता गर्नुपर्ने बताए । उनले लेखेका छन्, ‘अब नयाँ संसद्को बैठक बस्न कति समय लाग्लारु १ हप्ता  २ हप्ता  ३ हप्ता त्यस्तो के आपत्काल लागेको थियो र १–२ हप्ता पनि कुर्न नसकिनेरुयो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसद्को अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us