कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते ११:०४ मा प्रकाशित

काठमाण्डु,२६ मंसिर– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।

शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले बताएको छ ।

पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा न्यूनमत १ ६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ । त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई को ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।

कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह र विषय कोड अनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फारम भर्ने व्यवस्था गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us