
मंसिर, २६ मंसिर– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कैलाली नरसंहारका मुख्य आरोपी रेशम चौधरी र मधेस आन्दोलनसहित राजनीतिक आन्दोलनका क्रममा पक्राउ परी जेलमा रहेकाहरुलाई छुटाउन सरकारले अध्यादेश ल्याउने निर्णय गरेकामा आपत्ति जनाएका छन् ।
मन्त्रिपरिषद बैठकले आइतबार अदालतमा विचाराधीन मुद्दामा माफी दिने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । शर्माले ट्वीटमार्फत अध्यादेशबारे पार्टीभित्र र अन्य राजनीतिक दलका बीचमा छलफल नभएकामा आपत्ति जनाएका हुन् । संक्रमणकालझमा अध्यादेश ल्याउनु कानूनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको उनको भनाइ थियो ।
‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘ ! संक्रमणकालझमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत ! कानूनी र र राजनीतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ !’