पार्टीको अलग पहिचान बनाउन प्रचण्डको निर्देशन

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते १७:२१ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय नेकपा माओवादी केन्द्रले आफ्नो पहिचान गुमाउँदै गएको बताएका छन ।

उनले पार्टीको अलग पहिचान बनाउनतिर जोड दिनुपर्ने खाँचो औंल्याए । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन उनले ।

पार्टीको रणनीति, कार्यशैली र पार्टीमा बस्नेहरूको आचरण–व्यवहार यस्तो हुनुपर्छ भनेर ठोस रुपमा विकसित गर्न नसकेको प्रस्ट पारेका छन ।

उनले भने, माओवादी आन्दोलन अहिले आइडेन्टिटी क्राइसिसमा पर्न थालेको छ हिजो जसरी माओवादी भनेपछि टाढैबाट चिनिन्थ्यो, हाम्रो कपडा, हामीले खाने खाना, हाम्रा नीतिले छर्लङ्गै देखिन्थ्यो यो माओवादी हो भनेर ।’

उनले जनतासँग घुलमिल हुने, सरल जीवन, कठोर मेहनत गर्ने, आफ्नो पार्टी, नेतालाई माया गर्ने त्यो आइडेन्टीटी हराउँदै अहिले आएर सबै दल उस्तै रहेछन् भन्ने सन्देश प्रवाह भएको बताएका छन । उनले भने, जनताले हेर्दा सबै उस्तै जस्तो भयो ।

सबैको बोली, व्यवहार उस्तै ’ । आफ्नो पहिचान सुस्पष्ट गर्ने र एउटा परिधिमा रहेकामात्र यो संगठनमा बस्न पाउने व्यवस्था बनाउनुपर्ने उनले बताएका छन ।

उनले प्रेस सेन्टरका पदाधिकारीलाई युनिक आइडेन्टीटी बनाउनेतिर छलफल, अध्ययन, चिन्तन गर्न पनि सुझाव दिएका छन । मिडियामा आक्रामक ढंगले प्रस्तुत नहुने हो भने जनताले विकासका कुरालाई मात्र महत्व नदिने उनले बताएका छन ।

‘नयाँ पुस्तालाई जनयुद्धबारे केही थाहा छैन । प्रशिक्षित गर्न सकेका छैनौं,’ उनले भने, ‘डिजिटल युगमा छौं, अहिलेका युवाहरुको स्कुललिङ इन्टरनेटबाट हुन्छ ।

सोसल मिडियामा हाम्रो हस्तक्षेप व्यवस्थित भएन भने हामी प्रतिक्रियावादीलाई काउन्टर दिन सक्दैनौं ।’ उनले सोसल मिडियाका लागि डिजिटल आर्मी तयार गर्नुपर्ने खाँचो पनि औंल्याए ।

एक्सपर्टका साथसाथै सोसल मिडियामा विशाल फौज चाहिने उल्लेख गर्दै उनले माओवादी केन्द्रसँग भएको जनमत, कार्यकर्ता पंक्तिलाई यसमा प्रयोग गर्न सकिने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us