टर्कीले काठमाण्डुमा राजदूतावास खोल्ने

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते १५:३१ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर– युरोपेली मुलुक टर्कीले काठमाण्डुमा राजदूतावास खोल्ने भएको छ । हाल भारतको राजधानी दिल्लीमा रहेको दूतावासबाट टर्कीले नेपालमा समेत काम गरिरहेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री नारायण खड्का र उनका टर्किस समकक्षी मेवलट काभुसोग्लुबीच शुक्रबार अपरान्ह भएको टेलिफोन संवादमा उक्त सहमति भएको थियो ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी काभुसोग्लुबीच टेलिफोन संवाद भयो । समकक्षीहरूबीच द्विपक्षीय हित र सम्बन्ध विस्तारका विषयमा कुराकानी भयो,’ ‘सोही क्रममा गणतन्त्र टर्कीले नेपालमा दूतावास खोल्ने सहमति समेत भएको हो ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us