माओवादी केन्द्रको पदाधिकारी बैठक सकियो

काठमाण्डु टुडे २०७९ मंसिर २३ गते १८:२८ मा प्रकाशित

काठमाण्डु,२३ मंसिर– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक भोलि फेरि बस्नेगरी सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको हो ।

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि बताएका छन ।

उनले भने,‘सातै प्रदेश र संघबाट प्रतिनिधित्व गर्ने समानुपातिक सूचीका विषयमा छलफल भयो । मुख्य रुपमा कलस्टरमा केन्द्रीत भई छलफल भयो ।

अप्सन नभएको व्यक्तिको विषयमा सकियो । केही गर्नु परेन । अप्सन भएका व्यक्तिका विषयमा कसरी जाने भन्ने विषयमा छलफल भयो सरोकारवाला निकाय तथा कानुनविद् लगायतसँग परामर्श गरेर भोलि टुंगो लगाउने भनिएको छ । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us