माओवादी केन्द्रले समानुपातिक सांसद छान्न पदाधिकारी बैठक बोलायो

काठमाण्डु टुडे २०७९ मंसिर २३ गते १५:१९ मा प्रकाशित

काठमाण्डु,२३ मंसिर– नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बताएको छ ।

माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक गरी कुल ४३ सांसद छान्नुपर्ने हुन्छ । निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा समानुपातिकबाट निर्वाचित हुने सिट संख्या तोकेर नाम पठाउन पत्र काटेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर आयोगले पठाउने चटारोमा रहेका छन ।

आयोगले शनिबारसम्म समानुपातिक लिष्ट बुझाउन समय निर्धारण गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us