
काठमाण्डु,१७ मंसिर– रोल्पामा भएको जिप दुर्घटनामा हुदाँ एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा जिप चालक रोल्पा नगरपालिका५ वाझवाङ बस्ने ३६ वर्षीय निलेश कवर रहेका छन ।
रोल्पा नगरपालिका–५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु १ च ५४६४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका मृतकको ११ वर्षीय छोरालाई उपचारको लागि प्युठान विजुवारतर्फ पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।