माओवादी केन्द्र सँग पार्टी एकताको प्रचार गरेर भ्रम फैल्याउन खोजियो: एकीकृत समाजवादी

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते १६:२४ मा प्रकाशित

काठमाण्डु,१६ मंसिर– नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको खबरमा कुनै सत्यता नएको बताएको छ ।

पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् ।

दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।’पार्टी एकताको प्रचार गरेर भ्रम फैल्याउन खोजिएको उनले बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं,’ ‘तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us