भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते २१:०८ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– भारतीय इन्डियन आयल कर्पोरेसन (आइओसी) पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ ।

नेपाल आयल निगममा अनुसार आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको हो । आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा प्रतिलिटर ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ । तर, निगम व्यवस्थापनले मूल्य घटाउनेबारे कुनै निर्णय गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us