
काठमाण्डु,१५ मंसिर– स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन् ।
उनले बिहीबार दिउँसोसम्मको गणनामा ६ हजार ६२५ मत प्रप्त गरेका छन भने, निकटतम् प्रतिस्पर्धी एमालेकी उम्मेदवार पदमा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् ।
उनीहरुबीचको मतान्तर १६९२ छ त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् ।