
काठमाण्डु,१५ मंसिर– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
सुनसरी–४ बाट निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन ।
उनले मतदाताले आफूमाथि विश्वास गरेका धन्यवाद दिए । मन्त्री कांर्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गरेका छन् । उनले आफ्नो चुनाव क्षेत्रमा गरेको कामको आधारमा मतदाताले विश्वास लिएको बताए ।