तुलसीपुर उद्योग वाणिज्य संघले मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा गर्यो तालाबन्दी

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते १४:२२ मा प्रकाशित

काठमाण्डु,१५ मंसिर– तुलसीपुर उद्योग वाणिज्य संघले मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी कार्यालयभित्र थुनिएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले कोरोनाले व्यापार व्यवसाय थलिएको बेला मेला महोत्सव गर्न नमिल्ने बताएका छन ।

उनले अहिले महोत्सव गर्ने उपयुक्त समय नभएको भन्दै महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेको बताए । मेला महोत्सव नरोकेसम्म आफूहरुको आन्दोलन जारी रहने उनको उनले बताएका छन ।

जिल्लाा प्रशासन कार्यालय दाङले मंसिर ९ गते नै मेला महोत्सव रोक्न भन्दै निर्देशन जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us