वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन :महामन्त्री थापा

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते १३:३४ मा प्रकाशित

काठमाण्डु,१५ मंसिर– कांग्रेसका महामन्त्री गगन थापाले वृद्धभत्ता पाउने उमेर घटाउने प्रतिस्पर्धा चलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

आज (बिहीबार) नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

थापाले आर्थिक गतिविधि चलायमान बनाउन र रोजगारी सिर्जनामा हुनुपर्ने प्रतिस्पर्धा वृद्धभत्ता पाउने उमेर घटाउनमा भइरहेको बताएका छन । उनले भने , मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ ।

प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्षभित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु, कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो ।

भाष्य नै हामीले गलत बनाएका छौं’ । केन्द्र सरकारको सिको गर्दैै अहिले स्थानीय सरकारमा पनि बजेट वितरणमुखी बनाउन प्रतिस्पर्धा भइरहेको उनले बताएका छन । उनले छने, ‘माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ ।

स्थानीय सरकारमा पनि प्रतिस्पर्धा छ । कसले कति बाँड्ने भन्ने प्रतिस्पर्धा छ । हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौं’ । थापाले निजी क्षेत्र र सरकारबीच कसरी सहकार्य गर्ने भन्नेबारेमा खुला छलफल हुनु जरुरी रहेको उनले बताएका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us