ग्रेडरले साइकललाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते १३:१७ मा प्रकाशित

काठमाण्डु,१५ मंसिर– धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको छ । मूत्यु हुनेमा १५ वर्षीया चेतना साउद रहेकी छन ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा उनको मूत्यु भएको हो ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले ग्रेडरको ठक्करबाट पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको बताएका छन ।

उनकाअनुसार बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइको थियो ।

ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले प्रर्दशन समेत गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us