
काठमाण्डु,१५ मंसिर– स्याङ्जा–२ मा काग्रेसका उम्मेदवार धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन् ।
गुरुङले ६ हजार ६५ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् ।
गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५७५ मत पाएका छन् ।
स्याङ्जा–२ मा एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो ।