कांग्रेसकै नेतृत्वमा सरकार बन्छ: शेखर कोइराला

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते ११:५० मा प्रकाशित

काठमाण्डु,१५ मंसिर– कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन ।

विराटनगरमा आज बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए ।

उनले भने, नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ,’ हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छौं ।’

शेखर कोइरालाको टिमबाट महामन्त्री जितेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

पार्लामेन्ट्री पार्टीको लिडरसीपको लागि मुख्य नम्बर ९सदस्य संख्या० गेम नै हो,’ उनले भने, ‘अब हामीले कोशिस गर्ने हो त्यो नम्बर पुर्‍याउनलाई । नम्बर गेम लिनलाई हामीले प्रयास गर्ने, बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us