वडाअध्यक्षको हृदयघातबाट निधन

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते ९:०८ मा प्रकाशित

डोटी, १५ मंसिर– डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ ।

सानागाउँस्थित गाउँपालिका कार्यालयबाट घर फर्कने क्रममा बाटैमा लडेका जोशीको हेदयघातका कारण निधन भएको हो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

उपाध्यायका अनुसार ६५ वर्षीय जोशी उच्च रक्तचापका बिरामी थिए । गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us