
काठमाण्डु, १५ मंसिर– स्याङ्जा–२ को जारी मतगणनाको पछिल्लो परिणामअनुसार काँग्रेसका धनराज गुरुङ अघि लागेका छन् ।
सुरुआती अग्रता बनाएकी एमालेकी पद्यमा अर्याललाई पछि पार्दै गुरुङ अघि लागेका हुन् । निर्वाचन सकिएको १० दिनपछि बुधबार रातिदेखि सुरु भएको मतगणनामा गुरुङले ६५४ मतको अग्रता बनाएका हुन् । गुरूङले ३ हजार ९ सय १ मत प्राप्त गर्दा एमालेकी अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ सय ६१ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो । ४ मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले चापाकोटका ४ बुथमा बुथ कब्जा गरी मृतकका नामा समेत मत खसालेको भन्दै एमालेसहितका दलले मतगणना रोकेर पुनः मतदानको माग गरेका थिए ।
तर, निर्वाचन आयोगले गरेको छानबिनमा मृतक भनिएका मतदाता जिवितै फेला परेपछि निर्वाचन सकिएको १० दिनपछि मतगणना थालिएको हो ।