दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान जारी

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते ८:३५ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान जारी छ ।

बिहान ७ बजेबाट सुरु भएको पुनः मतदानको प्रक्रिया साँझ ५ बजेसम्म रहनेछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलले बैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, बैत्यश्वर–३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग, बैत्यश्वर–६ को बैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोशी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० मतदान केन्द्रमा मतदान जारी छ ।

गत ४ मंसिरमा सम्पन्न मतदानमा बुथ कब्जा गरिएको भन्दै विरोध भएपपछि निर्वाचन आयोगले ती १० केन्द्रको मतदान रद्ध गरी पुनः मतदान गराउने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us