म्यादी प्रहरीलाई विभिन्न अपशब्द बोलेको  आरोपमा एकजना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते १८:३० मा प्रकाशित

काठमाण्डु,१४ मंसिर– प्रहरीले म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर˗४ हुप्राचौर घर भएका २० वर्षीय नविन खड्का रहेका छन ।

प्रतिक खड्का नामको युट्युवमा खड्काले म्यादी प्रहरीलाई ‘कुकुर’ तथा म्यादी प्रहरीमा जानेहरू ‘केटी हेर्न’ का लागि जाने गरेको भन्दै अपशब्द प्रयोग गरेका छन् । महिला म्यादी प्रहरीलाई उनले अपाच्य शब्दहरु प्रयोग गरेका छन् ।

युट्युवमार्फत आक्षेप र लान्छना लगाएर समाजमा अपाच्य हुने शब्द प्रयोग गरेर नकारात्मक सन्देश प्रवाह गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खड्काविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाण्डु जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर ब्यूरोले अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us