सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते ११:५६ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९७ हजार ५०० रूपैयाँ कारोबार भएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९७ हजार ८०० रूपैयाँ कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनप्रतितोला ९७ हजार रूपैयाँमा कारोबार भएको छ । हिजो तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रूपैयाँ कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले हिजोको तुलनामा आज प्रतितोला १० रूपैयाँले चाँदीको मूल्य घटेको बताएको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us