सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १६:५७ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ ।

आइतबार बजार नेप्से परिसूचक ३२.४३ अंकले वृद्धि भएको छ । नेप्सेमा वृद्धिसँगै बजार १९६५.९८ अंकमा पुगेर बन्द भएको छ । आइतबार म्युचुअल फण्डबाहेक बाँकी सबै उपसूचक उकालो लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर किनबेचबाट २ अर्ब २ करोड ५४ लाख ८९ हजारको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक ४५ करोड ४ लाखभन्दा बढी कारोबार भयो । बढी कारोबार हुने कम्पनीमा दोश्रोमा नबिल बैंक छ । नबिलको १२ करोड ३ लाख २२ हजार रुपैयाँ बराबर कारोबार भयो । कूल १ सय ९१ कम्पनीको सेयर कारोबार भएकामा १ सय ६९ कम्पनीका सेयर मूल्य बढेको छ । २० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशतले वृद्धि भयो भने एनएमबी हाइब्रिड फण्ड १ मूल्य सर्वाधिक ३.११ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us