सुनचाँदीको मूल्य स्थिर

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

आज पनी गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us