जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु: विष्णु पौडेल

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १७:४० मा प्रकाशित

काठमाण्डु,१० मंसिर– एमालेका उपाध्यक्ष एवंम् रुपन्देही– २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताए ।

प्रतिनिधिसभामा निर्वाचित भएसँथै प्रतिक्रिया दिँदै उनले भने, “रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु ।”

उनले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने बताएका छन । उनले रुपन्देहीलाई जिल्लालाई विकासको नमुनाका रुपमा विकास गर्ने बताउँदै आएका छन् ।

उनले आफू अर्थमन्त्री भएका बेला विविध आयोजनाहरुसहित रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेको पनि बताएका छन ।

उनले भने, “हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ”, ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us