तनहुँमा मोटरसाइकल दुर्घटना,एक जनाको मूत्यु

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १६:५८ मा प्रकाशित

काठमाण्डु,१० मंसिर– तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरै रहेका छन ।

जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो ।

दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन ।

मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गरी घर फर्किका प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us