सुनसरी–४ मा रोकियो मत गणना

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १६:१८ मा प्रकाशित

काठमाण्डु,१० मंसिर– सुनसरी–४ को मत गणनामा कांग्रेसले धाँधलीको आशंका गरेपछि प्रतिनिधिसभातर्फको मतगणना स्थगित भएको छ ।

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोही बिषयलाई लिएर कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । अब यहाँ ८ क्षेत्रको मत गणना गर्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us