रुपन्देही–३ मा राप्रपाका बोहोरा विजयी, गृहमन्त्री बालकृष्ण खाँण पराजित

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १५:२५ मा प्रकाशित

काठमाण्डु,१० मंसिर–रुपन्देही–३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् । यो क्षेत्रमा राप्रपाले एमाले सँग गठबन्धन गरेको थियो ।

बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेका छन ।उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार एवम् गृहमन्त्री बालकृष्ण खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

यसअघि ०७४ सालको निर्वाचनमा राप्रपा–कांग्रेस गठबन्धनबाट बोहोरालाई भोट मागेका खाँण यसपटक उनै बोहोराका प्रतिस्पर्धी बने । बहालवाला गृहमन्त्री समेत रहेका खाँण यसअघि बोहोराका चुनावी कमाण्डर पनि थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us