
काठमाण्डु,१० मंसिर– नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम–१ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको बताएका छन ।
उनले नेकपा एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागिपरेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको बताएका छन ।
इलाम– १ को मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको बताएका छन । उनले मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए ।
उनले ‘झन्डै ५ सय मत गायव भएको बताएका छन । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ’, शुक्रबारको विवादबारे उनले भने, ‘यहाँभित्र षड्यन्त्रहरु धेरै छन् ।
यो भनेको धाँधली हो । यस्तो धाँधलीपूर्ण निर्वाचन हामी मान्दैनौँ ।’ उनले इलाम १ मा पुनः निर्वाचन गर्नुपर्ने आफूहरूको माग गरेको बताएका छन । उनले आफूलाई हराउन ८ करोड भन्दा बढी पैसा बाँडिएको कुरा आइरहेको पनि बताएका छन ।