
काठमाण्डु,१० मंसिर – ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत गणना जारी छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।
मतगणनाको सरु देखीनै तेस्रो स्थानमा रहँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा एमाले १८ लाख ९६ हजार ७३१ मतसहित शीर्ष स्थानमा रहँदा नेपाली कांग्रेस १८ लाख २९ हजार ७९१ मतसहित दोस्रो स्थानमा रहेको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८ लाख एक हजार ५२४ मत पाएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ३२० मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख १० हजार ६८० मत प्रप्त गरेको छ ।