
एजेन्सी– यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पमा परि ३१० जनाको मूत्यु भएको छ । देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो ।
एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता भएको जानकारी दिए ।
भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा पनि क्षति भएको छ ।