
काठमाण्डु,१० मंसिर– बारा–२ मा जसपाका रामसहाय प्रसाद यादव विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गरेका हुन ।
जसपाका १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत प्रप्त गरेका थिय ।
यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७६९८, जनमत पार्टीका राजेश साहले २७२५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले ११११ मत प्रप्त गरेका थिय ।