एमाले नेता राईद्वारा आफूलाई चुनाव हराएको भन्दै मतदातालाई गाली

काठमाण्डु टुडे २०७९ मंसिर ९ गते १८:२६ मा प्रकाशित

भोजपुर, ९ मंसिर– आफूलाई निर्वाचनमा हराएको भन्दै एमाले नेता शेरधन राईले मतदाताप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्ने राईले मतदाताले आफ्नो मूल्याङ्कन गर्न नसकेको टिप्पणी गरे । प्रदेश–१ का पूर्वमुख्यमन्त्री राई सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुदन किराँतीसँग भोजपुरबाट प्रतिनिधिसभामा पराजित भएका थिए ।

राईले आफूले छोटै समयमा भोजपुरको विकासमा ठूलो भूमिका निर्वाह गरे पनि जनताले बुझ्न नसकेको बताए । ‘भोजपुरले साझा सम्पतिको रुपमा ग्रहण गरेर मलाई जिल्लाको विकास र समृद्धिमा प्रयोग गर्ने छ भन्ने ठानेको थिएँ’, राईले भने, ‘तर म गलत सावित भएँ ।’

यद्यपि निर्वाचन परिणामलाई आफूले सहर्ष स्वीकार गरेको उनको भनाइ थियो । आफूलाई मतदान गर्ने मतदातालाई भने राईले धन्यवाद दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us