मतदाता किन्न पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर २ गते २१:४६ मा प्रकाशित

काठमाण्डु, २ मंसिर– प्रहरीले काठमाण्डु क्षेत्र नम्बर–५ प्रदेशसभा (ख) का एमाले उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ ।

मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले शुक्रबार राति उनलाई पक्राउ गरेको हो । बुढानिलकण्ठ नगरपालिका-६ की कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट प्रहरीले निरौलासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा बुढानिलकण्ठ–६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानिलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल छन् । पैसा बाँडेको भन्दै स्थानीयले निरौलाविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुलाई मतादात किन्न पाइँदेन भन्दै नारा लगाए । काठमाण्डु–५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र काँग्रेस युवा नेता प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us