
काठमाण्डु,१७ कातिक– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० रूपैयाँ कारोबार भएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रूपैयाँ कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले घटेको । हिजो बुधबार तेजाबी सुन प्रतितोला ९३ हजार १०० रूपैयाँ कारोबार भएको थिया । आज ४०० रुपैयाँले घट्द ९२ हजार ७०० रूपैयाँमा कारोबार भएको छ । यस्तै प्रतितोला १० रूपैयाँले घटेर प्रतितोला १२ सय १५ रूपैयाँमा कारोबार भएको छ ।