नेप्से उकालो लाग्ने क्रम जारी

काठमाण्डु टुडे २०७९ कार्तिक १६ गते १७:०६ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– साताको तेश्रो कारोबार दिन बुधबार पनि नेप्सेमा उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ ।

बुधबार नेप्से नेप्से परिसूचक ७.१९ अंकले बढेको हो । योसँगै नेप्से १९३८.१६ बिन्दुमा पुगेर बन्द भएको छ । छठ र तिहारपछि सोमबारदेखि खुलेको बजार लगातार उकालो लाग्दै आएको छ । नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

मंगलबार १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार बढेर १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ पुगेको छ ।
बुधबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.७४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य २८८ रुपैयाँ ५० पैसा पुगेको छ । सबैको लघुवित्त कम्पनीको शेयर मूल्य भने सर्वाधिक ३.९६ प्रतिशतले घटेर प्रति कित्ता ९९४ रुपैयाँमा झरेको छ ।

कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, व्यापार र निर्जीवन बीमा समूहको परिसूचक घट्योे भने बाँकी सबै समूहको परिसूचक उकालो लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us