
काठमाण्डु,१६ कातिक– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको मूल्य तोलामा ५०० र तेजाबी सुनको मूल्य पनि तोलामा ५०० रूपैयाँ बढेको छ ।
मंगलबार सुनको प्रतितोला ९३ एक सय रुपैयाँ कारोबार भएको थियो । आज बुधबार सुन ५०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कारोबार भएको छ । यस्तै तेजाबी सुनको मूल्य समेत प्रतितोला ५ सय रूपैयाँले नै बढ्दै ९३ हजार एक सय रूपैयाँ कारोबार भएको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले एक हजार २२५ रूपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँ कारोबार भएको थियो ।