
काठमाण्डु ,१३ कातिक- आइतबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ।
अघिल्लो कारोबार दिन स्थिर रहेको सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतायको छ । तिहारको बिदापछि खुलेको बजारमा सुन–चाँदीको मूल्य घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो भने छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।