कोरियन एयरलाइन्सको जहाज अवतरणको क्रममा फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा दुर्घटना

काठमाण्डु टुडे २०७९ कार्तिक ७ गते १२:०८ मा प्रकाशित

एजेन्सी ७ कातिक कोरियन एयरलाइन्सको जहाज फिलिपिन्सको विमानस्थलमा अवतरणको क्रममा आइतबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा जोतिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङका क्रममा धावन मार्ग छोडेको हो। जहाजमा १६२ यात्रु र ११ जना चालक दलका सदस्य थिए। उनीहरूलाई सकुशल उदार गरीयको छ।

जहाज घाँसे मैदानमा गएर धावनमार्गको अन्तिममा अड्किएको कारण उक्त विमानस्थलमा उडान र अवतरण हुन्नसकेको अधिकारीहरूले बतायका छन। उक्त जहाज घाँसे मैदान बाट निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले बतायका छन।

भारी वर्षा भइरहेकाले पाइलट दुई पटक गरेको अवतरण प्रयास असफल भएपछि तेस्रो पटकमा अवतरण गर्दा जहाज धावनमार्गबाट चिप्लिएको बतायको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us