सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो,

काठमाण्डु टुडे २०७९ कार्तिक ४ गते ११:४६ मा प्रकाशित

काठमाण्डु,४ कातिक– साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको प्रतितोला ९३ हजार १०० रुपैयाँ कारोबार भएको थियो । आज (शुक्रबार) छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ कारोबार भएको छ ।

यस्तै  तेजावी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै घट्यको छ बिहीबार तेजावी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुन प्रतितोला ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us