सुनको मूल्य घट्यो,

काठमाण्डु टुडे २०७९ कार्तिक २ गते ११:११ मा प्रकाशित

काठमाण्डु,२ कातिक– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेरको छ ।

मंगलबार सुनको प्रतितोला ९३ हजार ३०० रुपैयाँ कारोबार भएको थियो । आज बुधबार सुन प्रतितोला २०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ११ सय ७५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँ कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us