
काठमाण्डु,३१ असोज–असोज महिनाको अन्तिम दिन आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
आइतबार सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार २ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार जस्तै सोमबार चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ तोकिएको छ ।